Search answer for your unanswered questions.

Class : 11
Unit : पर्यापर्यटनका सम्भावना र आयाम


समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) नेपालको पर्यावरणले पर्यटनलाई कसरी सहयोग पुर्याएको छ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो। यहाँ धेरै प्रकारका वातावरण पाइन्छ। तराईको समथर भूमिदेखि विश्वको सर्वोच्च हिमाल सगरमाथासम्मको वातावरण भिन्न भिन्न छ। यी र यस्तै वातावरण, संस्कृतिको नयाँ अनुपम अनुभाव र नयाँ चेतना प्राप्त गर्न पर्यटकहरू आउने गर्छन्। पर्वतीय धरातल ले प्रदान गरेको प्राकृतिक विविधता र तिनका विलक्षण छटाहरूको आकर्षणका कारण विश्व समुदायबाट पर्यटकहरु नेपाल आउने गर्छन्। यहाँको पर्यावरण स्वच्छ र सफा छ। प्रकृतिक दृश्यहरूको अनुपम सौन्दर्यले पर्यटन व्यवसायलाई प्रत्यक्ष सहयोग गरेको छ। यहाँको जल, जमिन र स्वच्छ वातावरणले पर्यटन व्यवसायलाई माथि उठाउन सहयोग गरेको छ। नेपालको जल, स्थल र आकाशको पर्यावरण पर्यटन व्यवसायका लागि उचित भएकोले नेपालको पर्यावरणले पर्यटनलाई प्रत्यक्ष सहयोग गरेको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.