Search answer for your unanswered questions.

Class : 11
Unit : पर्यापर्यटनका सम्भावना र आयाम


नयाँ पिढीको विदेश पलायनलाई आफ्नै पर्यावरणको आकर्षणले नियन्त्रण गर्नु आजको माग पनि हो ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : प्रस्तुत निबन्धांश कक्षा ११ को अनिवार्य नेपाली पुस्तक अन्तर्गत पर्ने ‘पर्यापर्यटनका सम्भावना र आयाम‘ नामक निबन्धबाट साभार गरिएको हो। यस निबन्धका लेखक तीर्थबहादुर श्रेष्ठ हुन्। प्राकृतिक वातावरण र मानव जीवन बिचमा ठुलो सम्बन्ध छ भन्ने आशयलाई यस निबन्धमा व्यक्त गरिएको छ। काम र मामको खोजीमा आज हाम्रो जस्तो देशका कतिपय युवायुवती विदेश पलायन भएका छन्। आफुले देशमा कहिल्यै नगरेका कामहरु उनीहरुले त्यहाँ गर्नुपरेको छ। ज्ञान र सीप नहुँदा धेरै नेपालीहरुले विदेशमा दुःख पाएका छन्। यी र यस्ता समस्याहरूको सम्बोधन हुने खालका योजनाहरु अब स्थानीय सरकार वा राज्यले गर्नुपर्छ। यहाँ प्रशस्त प्रकृतिक सुन्दरता छ। यसलाई विकास गर्न सके हाम्रो देशका युवा पुस्ता विदेश पलायन हुनुपर्दैनथ्यो। स्थानीय निकाय वा राज्यले युवा पुस्तालाई कुनै न कुनै रोजगारी दिएर यहीँ राख्नुपर्छ। युवापुस्तालाई आफ्नो देशमा राख्न सके आफ्नो देशको विकास गर्न सकिन्छ भन्ने आशयलाई माथिको अंशले व्यक्त गरेको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.