Search answer for your unanswered questions.

Class : 11
Unit : पर्यापर्यटनका सम्भावना र आयाम


व्याख्या गर्नुहोस्: (क) पृथ्वीको पारिस्थितिक प्रणालीलाई बिथोलिदियौँ भने हाम्रै अस्तित्व संकटमा पर्छ ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली विषय अन्तर्गत पर्ने ‘पर्यापर्यटनका सम्भावना र आयाम‘ नामक निबन्धबाट साभार गरिएको हो। यस निबन्धका लेखक तिर्थबहादुर श्रेष्ठ हुन्। पृथ्वी हाम्रो साझा घर हो। यसलाई हामी सबैले संरक्षण गर्नुपर्छ भन्ने आशयलाई यस निबन्धांशमा व्यक्त गरिएको छ। पृथ्वी मात्र यस्तो स्थल हो जहाँ सम्पूर्ण जीवहरु बसोबास गर्दछन्। यहाँ जल, वायु, आकाश र तेज (प्रकाश) जस्ता पञ्चतत्व छन् जसले जीवनको हो अस्तित्वलाई बचाएको छ। यी पञ्चतत्वलाई हामी मानवलले प्रदूषित गर्नुहुँदैन। विकासका नाममा आज मानिसले प्रकृतिको विनास गर्दै छ। वातावरणलाई मानिसले दुषित बनाउँदै छ। पानीका मुहानहरु प्रदुषित हुँदै छन्। मानवले निर्माण गरेका र्सोत साधन (कार्बन उत्सर्जन) द्वारा प्रकृतिमा गम्भीर प्रभाव पर्न थालेको छ। अब मानव समुदायले पृथ्वीको पारिस्थितिक प्रणालीलाई बिथोलिदियौँ भने हाम्रो अस्तित्व सङ्कटमा पर्ने सम्भावना छ। मानिसले विकासका नाममा गरेको पर्यावरणीय विनासले सम्पूर्ण प्राणी जगत नै संकटमा पर्न सक्छ तसर्थ बेलैमा हामी सचेत हुन जरुरी छ भन्ने आशयलाई यस निबन्धांशमा व्यक्त गरिएको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.