दिइएका बुंदाका आधारमा विर पुर्खा कविताको समीक्षात्मक टिप्पणी गर्नुहोस्: (१) पुर्खाको विजय यात्रालाई पहाड र खोलले छेक्न तथा आंधीले रोक्न नसकेको (२) आकाशमा स्वच्छन्द उड्ने गरूडको जस्तो वेग (३) पौरखी पुर्खाले तराई पहाड र हिमाललाई जोडेर नेपाल बनाएका (४) |
Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption. Redirecting in 60 seconds... |
Ans : राष्ट्रप्रेमी कवि वाशुदेव त्रिपाठीद्वारा लेखिएको ‘वीर पुर्खा‘ कवितामा हाम्रा पुर्खाहरुले हाम्रो देश निर्माण गर्ने रगतको खोलो बगाएका थिए भन्ने भावलाई प्रस्तुत गरिएको छ।
हाम्रा वीर पुर्खाहरूको विजय यात्रालाई पहाड र खोलाले छेक्न तथा आंधीले रोक्न सकेन्। उनीहरूमा आकाशमा स्वच्छन्द उड्ने गरुडको जस्तै वेग थियो। पुर्खाहरूको पौरखले नै तराई,पहाड र हिमाललाई जोडेर सिङ्गो नेपाल निर्माण भएको हो। हाम्रा वीर पुर्खाको बहादुरीको गित टिस्टा र राबी नदी तथा कांगडा, कलङ्गाले र गङ्गासम्म गुन्जिएको छ । हाम्रा वीर पुर्खाहरूको उत्तरमा तिब्बतसम्म पौरखी पाइला पुगेका थिए। मित्रताका कारण हाम्रा पुर्खाहरु को विजय यात्रालाई रोकिएको थियो। पुर्खाहरूको त्याग र बलिदान संसारभर फैलिएको छ। आजका मानिसको नसा नखामा पुर्खाकै रगत बगेका छ।
|
Did you find this answer useful?
Then Register Now to view other answers easily. |