Search answer for your unanswered questions.

Class : 11
Unit : संस्कृतिको नयाँ यात्रा


“संस्कृतिक रुपमा न्यायपूर्ण समाजले मात्र समतामूलक समाजको निर्माण गर्न सक्छ।” विवेचना गर्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : मानिए चेतनशील प्राणी हो। मानिसले मानिसलाई मानवीय व्यवहार गर्नुपर्छ। हाम्रो समाजमा विविधता छ। भूगोल, जात, धर्म, भाषा, लिङ्ग, वर्ग, संस्कृति आदिका आधारमा विविधता भएको हाम्रो देशमा विविध खालका विकृतिहरु रहेका छन्। संस्कृति समाज वा राष्ट्रको धरोहर हो। यो अरुलाई चिनाउने आधार हो। यसमा सबैको पहुँच हुन जरुरी छ। राज्यले सबै प्रकारका संस्कृतिको संरक्षण गर्न जरुरी छ। प्रत्येक मानिसका आ-आफ्नो प्रकारका संस्कृति हुन्छन्। ती संस्कृतिमा समानता र न्याय भएन भने समाजले प्रगति गर्न सक्दैन। महिला भएकै कारण अपहेलित हुनु, गरिब भएकै कारण संस्कृतिक पहुँच नहुनु, ग्रामीण भेगमा बसोबास गर्ने भएकै कारण संस्कृतिक पहुँच नहुनु, समाजविकासका बाधक हुन्। हामि बाँचेकाे पृथ्वी साझा हाे, हाम्रा भावना साझा छन्। तसर्थ संस्कृतिका नाममा लिङ्ग, वर्ग, रङ, भूगोल, जाति, धर्मका, आधारमा हुने भेद विकृति हुन्। यस्ता विकृतिहरुलाई संविधानले पनि स्थान दिनु हुँदैन। संविधानले कानुन विपरीत मानेका विषयहरुलाई हामीले कार्यान्वयनमा ल्याउन जरुरी छ। तसर्थ सांस्कृतिक रूपमा सबैलाई न्याय गर्ने परिपाटीले मात्र सबैको सम्मान गर्ने समतामूलक समाजको निर्माण गर्न सक्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)योगमायाको धर्मसम्बन्धी मान्यता कस्तो रहेको थियो ?
2.)पाठसमेतका आधारमा योगमायाले गरेका सुधारका प्रयासहरूको वर्णन गर्नुहोस्।
3.)योगमायाको बाल्यकाल र किशाेरावस्था कस्तो रह्यो ?
4.)योगमाया कसरी आध्यात्मिक विषयमा आकृष्ट भइन् ?
5.)योगमायाको साधना र तपस्याका बारेमा उल्लेख गर्नुहोस् ?
6.)योगमायाको अग्निसमाधिको योजना कसरी असफल भयो?
7.)योगमायाको जीवनबाट पाइने शिक्षा के हो?
8.)व्याख्या गर्नुहोस् (क) ती तपस्याका विविध मोहहरूको मुख्य उद्देश्य जीवनका लोभ र मोहबाट मुक्त हुँदै समाज सुधारको चाहना राख्नु थियो।
9.) सञ्चारका माध्यम तथा यातायातका साधनले संसारलाई कसरी नजिक बनाएको छ ?
10.)यन्त्रमानवले मानिसले कसरी सघाउँछ ?