Search answer for your unanswered questions.

Class : 11
Unit : त्यो फेरि फर्कला


व्याख्या गर्नुहोस् : (क) समस्त जगत्मा नारीकै केही महान ममता छरिन् नभएको भए त्यो विशाल विश्व श्ष्क रुख झैँ निर्जीव काठ मात्र रहन जान्थ्यो ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : प्रस्तुत गधांश कक्षा ११ को नेपाली पाठ्यपुस्तक अन्तर्गत पर्ने ‘त्यो फेरि फर्कला‘? मनोवैज्ञानिक कथाबाट साभार गरिएको हो । यस कथाका लेखक भवानी भिक्षु हुन् । नारीको मनोविज्ञानलाई यस कथाले मार्मिक ढङ्गले प्रस्तुत गरेको छ। नारी जातिलाई ममता, मायाकी खानी मानिन्छ । जस्तोसुकै दु:ख सहेर भएपनि नारीले माया बाँडेकी हुन्छे। नारीले संसारमा ममता नबाँडेको भए यो विश्व मरुभुमि जस्तै हुने थियो ।नारीमा सहनशक्ति पनि ज्यादै हुन्छ । नारीको ममताका कारणी एउटा परिवार एउटा सुत्रमा बाँधिन सक्छ । त्यो ममता नहुने हो भने परिवार विखण्डित हुनसक्छ । सानीको विवाह भएको छ । घरमा लोग्नेसहित परिवार छ तर पनि उसल त्यो यात्रीलाई पर्खिन छोडेकी छैन । उसले अफ्नो परिवारको सम्पूर्ण जिम्मेवारी पूरा गरेकी छे । घरमा सबैलाई गर्ने माया ममतालाई कमी आउन दिएकी छैन । ऊ त्यो एक रात बस बस्न आएको यात्रीलाई पनी त्यति नै माया गर्छे जति घरका उसका अन्य सदस्यहरु हुन् । तसर्थ नारी ममताकी खानी हो, उसमा यो ममता नभएको भए विश्व रुख झैं निर्जीव काठ जस्तै हुने थियो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.