Search answer for your unanswered questions.

Class : 11
Unit : त्यो फेरि फर्कला


प्रेम जिवनको माटो र उत्सर्ग त्यसको अन्तिम लक्ष्य, त्यस लक्ष्यसम्म पुगेपछि पाइन्छ आफ्नो अस्तित्वको विलुप्ति ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : प्रस्तु गधांश कक्षा ११ को अनिवार्य विषयअन्तर्गत पर्ने ‘त्यो फेरि फर्कला ?’ नामक कथाबाट सभार गरिएको हो । यस कथाका लेखक मनोवैज्ञानिक कथाकार भवानि भिक्षु हुन् । प्रेमले मानिसलाई बाँच्न सिकाउँछ भन्ने आशयलाई माथिको कथाशमा व्यक्त गरिएको छ । संसार प्रेममा अडेकाे छ । प्रेमकै कारणले यो संसार यति रमणीय भएको छ । जीवन जिउने बाटो नै प्रेम हो । प्रेम प्राप्त गर्न मानिसले ठूलो त्याग गर्नुपर्छ । प्रेमका लागि मानिसले ठूला-ठूला त्याग गरेका हुन्छन्। आफूले त्याग गर्दा पनि त्यो प्रेम प्राप्त नभए पनि मानिसको आफ्नो अस्तित्व नै विलुप्त हुँदै जान्छ। एक दिन वास बास्न आएको यात्रीलाई प्राप्त गर्ने सानीको उत्कट इच्छा छ । आफ्नो विवाह भएपछि पनि उसैलाई प्रेम गरेकी छे । समयको अन्तरालमा त्यो यात्री पुन: वास बास्न सानिकोमा आएको छ । सानी उसलाई हृदयदेखि चाहन्छे । उसले जीवनको उत्तरार्धसम्म त्यस यात्रीको प्रतिक्षामा गरेकी छे तर यात्रीले त्यसको कुनै आग्रह, अनुराग नभएको थाहा पाएपछि आफ्नो अस्तित्व समाप्त भएको अनुभव गर्छे, विरामी भएजस्तो, शरीर शिथिल भएजस्तो अनुभव गरेको हो । त्यसैले प्रेम जिवनको बाटो हो र उत्सर्ग त्यसको अन्तिम बिन्दु, त्यस बिन्दुमा पुगेपछि मानिसको अस्तित्व नै समाप्त हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.