Search answer for your unanswered questions.

Class : 11
Unit : त्यो फेरि फर्कला


‘त्यो फेरि फर्केला ?’ कथामा समाजिक, आर्थिक र प्राकृतिक परिवेशको चित्रण कसुरी गरिएको छ !


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : ‘त्यो फेरि फर्कला ?’ भवानी भिक्षुद्वारा लेखिएको एक उत्कृष्ट मनोवैज्ञानिक कथा हो । यस कथामा सामाजिक, आर्थिक र प्राकृतिक परिवेशको चित्रण गरिएको छ। यस कथामा मधेसबाट यात्रीहरू चितलाङको बाटो हुँदै काठमाडौं आउने प्रसङ्गको चर्चा गरिएबाट यस कथामा राणाकालीन सामाजको सामान्य जनजीवनकाे चित्रण गरिएको छ। चितलाङ क्षेत्रमा होटल व्यवसाय गरेर बसेको जनजीवन र तत्कालीन अविकसित सामाजिक परिवेश यस कथामा देखिन्छ । चितलाङ क्षेत्रमा होटल व्यवसाय गरेर सामान्य जीवन बिताउने मानिसको यथार्थलाई यहाँ परिवेशका रूपमा चित्रण गरिएको छ । यात्रीहरु होटलमा आउने उनीहरुले खाने पिउने वा खानका लागि चाहिने खाधान्न किन्ने, त्यसको पैसा तिर्ने जस्ता कार्यहरु वा परेवेश यस कथामा व्यक्त गरिएको छ। साहुमहाजन भरिया लिएर काठमाडौँ आउने प्रचलन पनि कथामा आर्थिक परिवेशका रूपमा चित्रण गरिएको छ। युवावस्थामा प्राकृतिक रूपमा हुने विपरीत लिङ्गप्रतिको आकर्षणलाई यस कथामा परिवेशका रुपमा प्रस्तुत गरिएको छ। युवावस्थामा हुने प्राकृतिक यौनाकर्षणलाई कथामा मनोवैज्ञानिक ढङ्गबाट प्रस्तुत गरिएको छ। तसर्थ ‘त्यो फेरि फर्कला ?’ कथामा सामाजिक, आर्थिक र प्राकृतिक परिवेशको चित्रलाई मनोवैज्ञानिक ढङ्गबाट प्रस्तुत गरिएको छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)वायुमण्डल प्रदर्शनका कारण पृथ्वीको सतह अप्रत्यासित ढङ्गले तात्ने क्रमलाई लिएर किन चासो र चिन्ता बढेको छ?
2.)पर्यटकीय गतिविधिका क्षेत्रहरु के के हुन् ?
3.)पर्यापर्यटनका निम्ति आचारसंहिता कसलाई र किन आवश्यक छ?
4.)जलवायुका दृष्टिकोणले पृथ्वीलाई कसरी वर्गीकरण गरिएको छ?
5.)पर्यापर्यटनका विशेषताहरु उल्लेख गर्नुहोस्।
6.)जल, थल र आकाशमा हुने पर्यटकीय गतिविधि उल्लेख गर्नुहोस् ।
7.)नेपालको पर्यावरणको विविधतालाई निबन्धमा कसरी वर्णन गरिएको छ ?
8.)व्याख्या गर्नुहोस्: (क) पृथ्वीको पारिस्थितिक प्रणालीलाई बिथोलिदियौँ भने हाम्रै अस्तित्व संकटमा पर्छ ।
9.)नयाँ पिढीको विदेश पलायनलाई आफ्नै पर्यावरणको आकर्षणले नियन्त्रण गर्नु आजको माग पनि हो ।
10.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) नेपालको पर्यावरणले पर्यटनलाई कसरी सहयोग पुर्याएको छ?