Search answer for your unanswered questions.

Class : 11
Unit : गाउँको माया


गाउँको माया कथाका आधारमा दिइएका पात्रको चरित्रचित्रण गर्नुहोस्


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : (अ) कृष्ण:– ‘गाउँको माया’ कथाको मुख्य पात्रका रुपमा कृष्ण रहेको छ। तराईको अशिक्षित सामाजमा जन्मिएका कृष्णले सानैदेखि तीक्ष्ण बद्धिका कारण अध्ययनको अवसर प्राप्त गरेको छ। बाल्यकालका साथीहरु अहिले अर्काको घरमा हली बसेका छन्। उच्च शिक्षा अध्ययनका लागि कृष्ण शहर गएको छ। शिक्षित वर्गको प्रतिनिधित्व गर्ने कृष्ण समाजका गरिब वर्गलाई माथि उठाउँन प्रयास गर्नुपर्छ भन्दछन्। आफ्ना साथीहरूको दु:ख बुझ्ने पात्रका रुपमा रहेको कृष्ण यस काथाको पुरुष पात्र हो। लेखकको मुखपात्रको रुपमा रहेको कृष्ण कथाको सुरुदेखि अन्त्यसम्म देखा परेका छन्। (आ) परिछन:– परिछन ‘गाउँको माया‘ कथाको गरिब वर्गको प्रतिनिधित्व गर्ने पात्र हो। सम्पूर्ण कथा उसको जीवनको सेरोफेरोमा घुमेको छ। गरिब भएकै कारण अर्काको घरमा हली बसेर वा बनी गरेर आफ्नो जिविको पार्जन गरेको छ। ठालुले गरेको अन्याय, अत्याचारको जानी नजाने ऊ विरोध गर्छ। गरिब ले श्रम गरेको उचित पारीश्रमिक प्राप्त गर्नुपर्छ भन्ने मान्यता उसको रहेको छ। श्रम गर्न सधै तयार यो पात्र अरूको कुभलो कहिल्यै चिताउँदैन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)व्याख्या गर्नुहोस्: (क) नेपालको लामो इतिहास र सभ्याताले निर्माण गरेका यी साँझा संस्कृति मेरै संस्कृति थिए, मेरे देशका सम्पत्ति थिए र मेरा ती सबै मित्रहरू एकै फूलबारीका साझा फूलहरु थिए।
2.)संस्कृतिका नाममा लिङ्ग, वर्ग, रङ भूगोल, जाति, धर्मका आधारमा हुने भेद विकृति हुन्।
3.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) नेपालमा विधमान संस्कृतिका सबल र दुर्बल पक्षको चर्चा गर्नुहोस्।
4.)“संस्कृतिक रुपमा न्यायपूर्ण समाजले मात्र समतामूलक समाजको निर्माण गर्न सक्छ।” विवेचना गर्नुहोस्।
5.)संस्कृतिभित्र के के लुकेका हुन्छन् ?
6.)बहुजातीय मुलुकका के-कस्ता विशेषता हुन्छन् ?
7.) ‘संस्कृति मधुरस हो, सभ्यता धार हो, भन्नाको तात्पर्य के हो ?
8.)‘पृथक्ता‘ र ‘अभ्यागत‘ को अर्थ लेख्नुहोस्।
9.)दिइएका शब्द र अर्थबीच जोडा मिलाउनुहोस्:
10.)दिइएका शब्द प्रयोगगरी वाक्य बनाउनुहोस: